‘प्रेम गीत ३’ मा प्रदिप यस्तो

काठमाण्डु टुडे २०७६ कार्तिक २१ गते १७:४३ मा प्रकाशित

काठमाण्डु,२१कात्तिक–कात्तिक २२ गतेदेखि छायांकन सुरु गरिने चलचित्र ‘प्रेम गीत ३’को पोष्टर र सार्वजनिक गरिएको छ ।

सुपरहिट नायक प्रतिप खड्काको अभिनय रहेको सार्वजनिक टिजरमा प्रदिपलाई एक योद्धाको रुपमा देखाएपछी दर्शकको मनमा कौतुहलता जाग्नु सम्भव नै हो । नायक प्रदीप खड्कालाई मात्र पोष्टर र टिजरमा फिर्चड गरिएको यस चलचित्रको निर्देशन छेतन गुरुङ र सन्तोष सेनले गरेका हुन् ।

यसै चलचित्रबाट नव कलाकार क्रिष्टिना गुरुङले डेब्यु गर्दैछिन् । चलिचित्रमा प्रदिप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतको भूमिका रहेको छ ।
आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीले संगित भरेका छन् । २०० वर्ष पुरानो प्रेमकथामा आधारित राखेर बनाईएको यस चलचित्रको प्रदर्र्शन मिति भने चैत्र २८ लाई छुटाईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us