अक्षय कुमारको ‘हाउसफूल ४’को सफलता पछि ‘हाउसफूल ५’ बन्ने

काठमाण्डु टुडे २०७६ कार्तिक २० गते १६:२० मा प्रकाशित

मुम्बई – हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा छ ।
फिल्मको सफलतापछि निर्माता साजिद नाडियाडवाला निकै उत्साहित देखिएका छन् । योसँगै उनले ‘हाउसफूल ५’ को तयारी पनि थालेका छन् ।भारतीय मिडियाका अनुसार साजिदले फरहाद सामजीलाई यसको पाँचौ भागको स्किृप्ट लेख्न भनेका छन् । उनले जतिसक्दो छिटो फिल्मको पाँचौ भाग निर्माण गर्न चाहिरहेका छन् । सम्भवतः ‘हाउसफूल ५’ सन् २०२१ को अन्त या २०२२ को शुरुवाततिर रिलिज हुनेछ ।यद्यपि फिल्ममा को को कलाकार रहने भन्नेबारेमा कुनै जानकारी दिइएको छ ।

तर, यो चाहिँ हो कि फिल्ममा अक्षय कुमार पक्कै हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us