
मुम्बई- मलाईका अरोराले अर्जुन कपुरसंगको सम्बन्धवारे खुलेर कुरा गरेकी छिन् ।
बलिउड नायिका नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा फो’ मा सहभागी मलाइकाले अर्जुन कपुर र आफ्नो विवाह क्रिश्चियन परम्परा अनुसार हुने बताइन् । ‘हाम्रो विवाह ह्वाइट वेडिंङ सेरोमनी –(क्रिश्चियन) रिवाज अनुसार समुन्द्रको विचमा हुने छ ।’ मलाइकाले भनिन् ।
अर्जुन र मलाईका लामो समयदेखी सम्बन्धको कारण चर्चामा छन् । केही महिनाअघि मात्रै एक म्यागजिनसंग कुरा गर्दै अर्जुनले भनेका थिए ‘मलाई मलाइकाको साथमा बस्दा सहज महसुस् हुन्छ ।’