भारतका पूर्व- क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने

काठमाण्डु टुडे २०७६ कार्तिक २० गते १४:०४ मा प्रकाशित

काठमाणण्डु , २० कात्तिक – भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् ।

युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले बताएको छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेको युनिसेफले बताएकोे छ ।उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी आउन लागेका हुन् ।

केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाइ नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us