
काठमाण्डु , १९ कात्तिक – चर्चित फिल्म बहुबलीको झल्को दिने अर्को हिन्दी फिल्म ‘पानीपत’ को ट्रेलर सार्वजनिक गरिएको छ । सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन स्टार यो फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देखाइएको छ ।
सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को झल्को दिने यो फिल्ममा सञ्जय दत्तले अफगानिस्तानका एक क्रुर राजाको भूमिका निभाएका छन् । अर्जुन कपूर र कृति सेननलाई पनि दमदार भूमिकामा देखाइएको छ ।यो फिल्म पानीपतको तेस्रो लडाइँमा आधारित छ । जुन लडाइँ सन् १७६१ जनवरी १४ मा भएको थियो । पानीपतको युद्धलाई १८ औँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण युद्धमध्ये एक मानिन्छ । सो युद्धमा आधारित फिल्म ‘पानीपत’ लाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् ।
आशुतोषले यसअघि लगान, स्वदेश, जोधा अकबर लगायतका फिल्म बनाएका थिए । ‘पानीपत’ मा एक्सन, संवाद र फिल्मको सेटले दर्शकको ध्यान तानेको छ ।https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DzpXnmy-6w1g%26feature%3Dplayer_embedded%26fbclid%3DIwAR0swq1MO3GmvOkNXdmlZXEAgaZKuSptMBRAtbMPVGRlGl8u5YSVt2JQeOE&h=AT0UH8Iy-7v_Obmek0lxDvkGyiema79Lo0Ln6_1nUi8HKf6hz1JDw7ghalTUvCYtDP63xIaatoeWWUSfl6iyEGybqnnC_nZVB1GE59e31P-m7NIuTDbHslMdeUUdI1eipX_qzukgUMWN-lw