
काठमाण्डु १९ कात्तिक – अहिलेकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काको मूख्य भुमिका रहेको नेपाली फिल्म बुलबुल ‘दक्षिण एसियाली फिल्म महोत्सव’का लागि छनोट भएको छ ।
बिनोद पौडेलको निर्देशन रहेको फिल्म ‘बुलबुल’ मा स्वस्तिमा खड्काका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय छ ।जनवरी २८ देखि फेब्रुअरी २ सम्म चल्ने फेस्टिवल फ्रान्सको पेरिसमा आयोजना हुँदैछ । महोत्सवमा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक पौडेल सहभागी हुँदैछन् ।
केही अगाडि यो फिल्म
स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्ममा महिला ट्याम्पु चालकको विषयलाई लिएर बनाइएको छ । यो फिल्म नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ समेत सिफारिस भएको थियो ।