काठमाण्डु , १९ कात्तिक – सोमबार ७१ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन मंगलबार २ सयले घटेर प्रतितोला ७० हजार ८ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै ,तेजाबी सुनमा आज पनि गिरावट आएको छ । सोमबार प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोवार भएको तेजावी सुन आज ७० हजार ५ सय रुपैंयामा कारोवार भइरहेको छ ।
त्यस्तै , चाँदी पनि आज घटेर प्रतितोला ८६५ रुपैंयामा कारोवार भएको छ ।