घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ कार्तिक १८ गते १२:०५ मा प्रकाशित

काठमाण्डु , १८ कात्तिक – साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

आइतबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रतितोला ७१ हजार रुपैंयामा कारोेवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै ,तेजाबी सुनमा पनि आज गिरावट आएको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९ सय रुपैयाँ कामय गरिएकोमा आज प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोवार भइरहेकोे छ ।

त्यस्तै , चाँदी भने आज स्थिर रहेर तोलामा ८७० रुपेयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us