सलमान खानको फिल्ममा अभिनय गर्दै सुनिल थापा

काठमाण्डु टुडे २०७६ कार्तिक १७ गते १७:२५ मा प्रकाशित

काठमाण्डु,१७कात्तिक– राते काइला नामले चर्चित कलाकार सुनिल थापाले बलिउड फिल्ममा काम गर्ने भएका छन् । उनले सलमान खानको फिल्म ‘क्वाथा’ काम गर्ने पक्का भएको हो ।

यस फिल्ममा उनी मुखियाको भूमिकामा देखिदैछन् । यही फिल्मबाट कट्रिना कैफकी बहिनी इसाबेलले पनि डेब्यु गदैछिन् । भारतको मणिपुर राज्यको कथा रहेको फिल्मको निर्देशन करर भुटानीले गर्नेछन् ।

यसअघि थापा फिल्म मेरी कोममा प्रियंका चोपडाको कोचको भूमिकामा देखिएका थिए । थापाले चेतन आनन्दको चर्चित फिल्म साहिब बहादुर बाट बलिउडमा डेब्यू गरेका थिए । उनले नेपाली फिल्ममा भने साइनो बाट राते काइलाको नामले चर्चा कमाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us