सनराईज बैंकले बोनस सेयर वितरण गर्ने

काठमाण्डु टुडे २०७६ कार्तिक १५ गते १३:४८ मा प्रकाशित

काठमाण्डु , १५ कात्तिक– सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढिको बोनस सेयर वितरण गर्ने भएको छ ।

सनराईज बैंकको शुक्रबार काठमाण्डुमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढि रहेको छ । २०६४ साल आश्विन २५ गते स्थापना भएको सो बैंकको हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४३ वटा एटिएम सेवा सञ्चालनमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us