नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ कार्तिक १४ गते १५:४१ मा प्रकाशित

काठमाण्डु , १४ कात्तिक – तिहार पछि खुलेको साताको अन्तिम कारोबार बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट भएको छ ।

यस दिन नेप्से ३.१७ अंकले घटेर ११४६.१७ बिन्दूमा झरेको छ । कुल १५५ वटा कम्पनीको १० लाख ६० हजार कित्ता शेयर २५ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका समूहमध्ये होटल र विकास बैंकसमूह बाहेक सबै समूह घटेका छन् । यस दिन प्राइम कमर्सियले बैंकको संस्थापकतर्फको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको आज ६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन ग्लोबल आइएमई बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७.७५ प्रतिशतले बढेको छ । तर, नबिल इक्विटी फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

यसको शेयर करिब १० प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us