चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई हृदयाघात

काठमाण्डु टुडे २०७६ कार्तिक १० गते ११:११ मा प्रकाशित

काठमाण्डु , १० कात्तिक – चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई हृदयाघात भएको छ ।

हृदयाघात भएपछि श्रेष्ठलाई धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा दुई दिनअघि भर्ना गरिएको थियो।
तर बन्द भएको मुटुको धमनी खोलिएपछि अहिले उनको स्वास्थ्य अवस्था राम्रो भएको परिवारका एक सदस्यले बताएका छन् ।

उपचार पछी उनलाई शनिबार डिस्चार्ज गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us