रणबीरसँग विवाहको चर्चाबारे आलियाले यस्तो भनिन्

काठमाण्डु टुडे २०७६ कार्तिक ८ गते १३:१० मा प्रकाशित

एजेन्सी–बलिउड कलाकारको विवाह र प्रेम प्रसंगको कुराले बेलाबखत चर्चा पाउँछ । कलाकार रणबीर कपूर र आलिया भट्बारे पनि अहिले विवाहको चर्चा चलिरहेको छ ।

यो चर्चाले ठूलो रुप केही दिन पहिले लियो जब रणबीर कपूर र आलियाको विवाहको एक कार्ड सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । तर उक्त कार्डमा धेरै शब्दहरु गलत थिए त्यसपछि थाहा भयो कि त्यो कार्ड फेक थियो ।

यसपछि जब आलिया रणबीरलाई भेट्नका लागि फ्रान्स गइरहेकी थिइन् पत्रकारले रणबीरसँगको सम्बन्ध र विवाह बारे सोधिहाले ।

पत्रकारको प्रश्नमा आलिया चुप रहिन् । केही जवाफ नदिएकी उनी हाँस्न थालिन् । यो घटनालाई मानिसहरुले रणबीर र आलियाको विवाहबारे सकारात्मक समाचारका रुपमा माने ।

आलिया रणबीर कपूर र आफ्नी बहिनी शाहीनसँग भेट गरेर फिर्ता भइन् । विमानस्थलमा उनलाई फेरि सोधियो कि के उनी रणबीर कपूरसँग विवाह गरिरहेकी छन् यहाँ उनले जवाफ दिइन् ।

आलियाले भनिन्, ‘के भनौँ मैले तपाईँहरुलाई भनिसकेकी छु कि यी उडन्ते कुरा हुन् र उडन्ते गफहरु उडिरहन्छन् । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us