को बन्ला !पहिलो लोक स्टार ,ग्राण्ड फिनाले आज

काठमाण्डु टुडे २०७६ कार्तिक ८ गते १२:४५ मा प्रकाशित

काठमाण्डु , ८ कात्तिक – नेपालको पहिलो लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को शुक्रबार भृकुटीमण्डपमा ग्राण्ड फिनाले हुँदैछ । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) पुग्न सफल भएका छन् ।

‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित हुनेछन् ।नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका छन् । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका हुन् ।
नेपाल लोक स्टारको विजेताले ५० लाख, दोस्रोले २५ लाख, तेस्रोले १० लाख र चौथो अर्थात् सान्त्वना हुनेले ५ लाख प्राप्त गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us