एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोलले पराजित गरेको छ ।
खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्सिलोनाले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो ।
जान बोरिलले ५० औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।
५७ औं मिनेटमा पिटर ओलायिन्काको आत्मघाति गोलमा बार्सिलोना २–१ ले अघि बढेको थियो ।
स्पेनिस लिगका शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार छैटौं जित निकाल्न सफल भएको छ ।
समूह एफबाट शीर्ष स्थानको बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसँग ३ अंकको अग्रता लिन सफल भएको छ । स्लाभिया १ अंकसहित तालिकाको पुछारमा छ ।
समुह ‘जि’ को खेलमा पोर्चुगलको बेनिफिकाले फ्रान्सको लियोंलाई २–१ ले पराजित गर्दा जर्मनीको आर।बी लेप्जीगले रुसको जेनिथलाई समान २–१ ले नैं हरायो ।
गएराती इङ्गल्याण्डको चेल्सीले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई उसैको मैदानमा १–० ले पराजित गर्योस ।
समुह ‘एच’ कै अर्को खेलमा फ्रान्सको लिल र स्पेनको भ्यालेन्सियाले १–१ गोलको बराबरीमा चित्त बुझाए ।