काठमाण्डु,६कात्तिक–बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा केही सुधार देखिएको छ ।
अघिल्लो दिन २.४० अंकले बढेको नेप्से आज ७.७९ अंकले बढेर ११४२.६० बिन्दूमा पुगेको छ । कुल १५३ वटा कम्पनीका ६ लाख ४ हजार कित्ता शेयर १६ करोड ३७ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार परिसूचकमा वृद्धि भएको भए पनि कारोबार रकम भने केही कमी हो ।