एजेन्सी–जर्मन मिडफिल्डर टोनी क्रुजको गोलमा रियल मड्रिडले च्याम्पियन्स लिगको जारी संस्करणमा पहिलो जित हात पारेको छ । उसले गलातासरामाथि १–० को जित हात पार्यो ।
इस्तान्बुलमा मंगलबार अबेर राति सम्पन्न खेलको १८ औं मिनेटमा इडेन हर्जाडको पासमा क्रुजले निर्णायक गोल गरे । जितसँगै रियल मड्रिड समूह ए को दोस्रो स्थानमा उक्लिएको छ ।
गलातासराले पहिलो हाफमा गोलको लागि दुईवटा प्रयास रियलका गोलकिपर थिबौट कौर्ससले असफल पारे । हारसँगै टर्कीको गलातासरा तीन खेलबाट एक अङ्क जोडेर तालिकाको पुछारमा रहेको छ । रियलको भने पाँच अङ्क रहेको छ ।
शिर्ष स्थानमा रहेको पेरिस सैन्ट जर्माइनको रियलभन्दा पाँच अङ्क बढी रहेको छ ।
जिनेदिन जिदानको रियल मड्रिड गराथ बैल र लुका मोड्रिक बिना नै मैदानमा उत्रिएको थियो ।