काठमाण्डु , ४ कात्तिक – गत वर्ष १७.५५ मात्र नगद लाभांश दिएको स्टान्डर्ड चार्टर्ड बैंकले यस वर्ष २२.५०५ नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त नगद लाभांश दिने निर्णय गरेको हो ।
साथै, बैठकले आर्थिक वर्ष २०७५.७६ को वित्तीय विवरण पनि अनुमोदन गरेको छ । अब नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ ।