काठमाण्डु , ४ कात्तिक साताको दोस्रो दिन आज सुनको भाउमा स्थिर भएको छ ।
हिजो छापावाल सुनको भाउ प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोवार भएको थियो । सनुचाँदी व्यवसायी महासंघको अनुसार आज पनि हिजोकै भाउमा कारोवार भइरहेको छ । भने तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।