घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ कार्तिक ३ गते ११:३७ मा प्रकाशित

काठमाण्डु , ३ कात्तिक-  साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैंयाले घटेको छ ।

गत शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य दुई सयले घटेर आज प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला रु.८५० रुपैंयामा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us