कात्तिकबाट राष्ट्रिय वाणिज्य बैंकले निशुल्क बैंकिङ तालिम दिने

काठमाण्डु टुडे २०७६ असोज ३० गते १४:३८ मा प्रकाशित

काठमाण्डु , ३० असोज राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ करियर बनाउन इच्छुकलाई तालिम दिने भएको छ ।

बैंकले युवा वर्गहको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत आरबीबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रमको शुरुवात गरेको हो ।फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्ने बैंकले बताएको छ। एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा संचालन गर्दैछ ।

पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं. ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्गस्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us