आज सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ असोज ३० गते ११:४१ मा प्रकाशित

काठमाण्डु , ३० असोज – आज सुनको भाउ स्थिर रहेको छ ।

बुधबार प्रतितोला ७० अजार ६ सयमा कारोवार भएको सुनको मुल्य बिहिबार स्थिर रहेको हो । आज प्रतितोला छापावाल सुन ७० अजार ६ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

तेजावी सुुुन पनि हिजोकै भाउमा कारोवार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैंयामा कारावार भएको थियो ।

त्यस्तै चाँदीको मुल्यमा भने रु. ५ रुपैंयाले घटेर प्रतितोला ८ सय ४५ रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us