काठमाण्डु , २९ असोज—मंगलबार वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ ।आज ५.०१ अंकले घटेर ११३७.०३ बिन्दूमा झरेको छ । बुधबार कुल १५९ वटा कम्पनीको ७ लाख ३६ हजारभन्दा बढी कित्ता शेयर १९ करोड ६६ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार रकम पनि मंगलबारभन्दा कम हो ।
यस दिन कारोबारमा आएका सबै समूहमध्ये विकास बैंक जलविद्युत् र सामूहिक लगानी कोष बढेका छन् भने अरु सबै समूहमा गिरावट आएको छ । यस दिन प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । यस कम्पनीको ५ करोड ४४ रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै बुधबार ग्लोबल आइएमई सम्मुनती १ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस योजनाको शेयर मूल्य करिब ४ प्रतिशतले बढेको छ । त्यस्तै सिद्धार्थ बैंकका लगानीकर्ताले भने धेरै गुमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा बढीले घटेको छ ।