पारसको राजीनामापछि सन्दीपले यस्तो लेखे…

काठमाण्डु टुडे २०७६ असोज २८ गते १५:१३ मा प्रकाशित


काठमाण्डु,२८असोज–नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्कालाई सुखद् भविष्यको शुभकामना दिएका छन् ।
कप्तान खड्काले पदबाट राजीनामा दिएपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली क्रिकेटमा पारसको योगदान ठूलो रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तपाईँको नेतृत्वमा नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको छ । जुन पहिला कहिल्यै हासिल गरेको थिएन, मलाई र धेरै युवाहरुलाई प्रेरित गरे ।’
सन्दीपले नेपाली क्रिकेटका लागि अझैं पनि पारसको कप्तानीको आवश्यकता रहेको बताए । उनले भने, ‘तपाईँको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै बर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौँ । तपाईँ साँच्चिकै एक लेजन्ड हुनुहुन्छ जसले हामी सबैको हृदयमा ठूलो छाप पारेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us