पारस खड्काले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिए

काठमाण्डु टुडे २०७६ असोज २८ गते १२:३७ मा प्रकाशित


काठमाण्डु,२८असोज–नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् । दर्श वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us