केमि हब्र्स इन्ड्रष्ट्रिज प्रालिलाई कारवाही

काठमाण्डु टुडे २०७६ असोज १७ गते १४:५८ मा प्रकाशित

जनकपुर , १७ असोज —मापदण्ड भन्दा कम प्रोटिन प्रयोग गरेको भन्दै केमि हब्र्स इन्ड्रष्ट्रिज प्रालिलाई कारबाही गरिएको छ ।

केमि हर्ब्स इन्डष्ट्रिज प्रालिबाट उत्पादित ‘एम प्रो ब्राण्ड’को आहारपूरक खाद्य पदार्थ प्रोटिन पाउडरको लेवलमा ४५ प्रतिशत प्रोटिनको मात्रा दाबी गरिएकोमा उक्त प्रोटिन पाउडरको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा विश्लेषण गर्दा २ प्रतिशत भन्दा कम प्रोटिन पाइएको भन्दै कारबाही गरिएको हो । सो कम्पनीको उत्पादनलाई तत्काल उत्पादन तथा विक्री वितरणमा रोक समेत लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्सा, जिल्ला प्रसाशन कार्यालय, पर्सा र स्थानिय प्रहरी समेतको सहकार्यमा उक्त प्रोटिन पाउडरको उत्पादन तथा बिक्री वितरणमा तत्काल रोक लगाई खाद्य ऐन बमोजिम कारवाही गरिएको विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us