ग्लोबल आइएमईले लाभांश दिने

काठमाण्डु टुडे २०७६ असोज १४ गते १७:३१ मा प्रकाशित

काठमाण्डु,१४असोज– ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५\०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो ।
बैंकले १२।७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले आज उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो । उक्त लाभांश बैंकको साधारणसभाले र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण हुने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए ।
यस्तै शिवम् सिमेन्ट प्रा।लिले आफ्ना शेयरधनीलाई प्रतिशेयर १५.७८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७५\०७६ को मुनाफाबाट रु ६९ करोड ४७ लाख ३८ हजार लाभांश वितरण गर्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us