अष्ट्रेलियाविरुद्धको खेलको लागि नेपाली टिमको घोषणा

काठमाण्डु टुडे २०७६ असोज १४ गते १५:१३ मा प्रकाशित

काठमाण्डु,१४असोज–फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेलाडीको सूचीमा यसअघि घाइते भएका नवयुग श्रेष्ठ र अजित भण्डारी टिममा फर्किएका छन । नेपाली टिम यस्ताे रहेको छ ।
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द
स्ट्राइकर : विमल घर्तिमगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us