बार्सिलोनाले गेटाफेलाई २–० ले हरायो

काठमाण्डु टुडे २०७६ असोज १२ गते ११:२२ मा प्रकाशित

एजेन्सी– जारी स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । चोटबाट ग्रस्त भएपछि कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाले खेल २–० आफ्नो पक्षमा पार्यो ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले लुइस स्वारेज र जुनियर फिर्पोको गोेलमा गेटाफेलाई २–० ले हराएको हो ।
लको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तर त्यसअघि नै पहिलो हाफमा नै बार्सिलोनाले दुई गोल गरिसकेको थियो ।
खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।
जितसँगै वार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ । पराजित गेटाफे ७ अंक जोडेर ११ औं स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us