घट्यो सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ असोज १० गते १३:२५ मा प्रकाशित

काठमाण्डु , १० असोज —साताको अन्तिम दिन आज पनि सुनको भाउ घटेको छ ।

बिहिबार तोलामा एक हजारले घटेको छापावाल सुन शुक्रबार २ सयले घटेर प्रतितोला ७० हजार ८ सयमा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ५ सयमा कारोवार भइरहेको छ । यसैगरी आज चाँदी प्रतितोला ५ रुपैंयाले घटेर प्रतितोला ८६० रुपैयाँमा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us