काठमाण्डु,८असोज–कृषि विकास बैंकमा पैसा चोरी भएको छ।
बैंककोलहान शाखाका दुई जना कर्मचारीको खाताबाट रकम चोरी भएको छ ।
ह्याकरको समूहले सिस्टम ह्याक गरेर काठमाण्डुको न्युरोडबाट उक्त रकम चोरी गरेको प्ररम्भिक सूचना लहान प्रहरीमा पुगेको लहान प्रहरीले बताएएको छ । लहान शाखाका शाखा प्रमुख र ऋण शाखा प्रमुखको खाताबाट रकम चोरी भएको हो तर उक्त खाताबाट कति रकम चोरी भएको भन्ने जानकारी भने नआएको प्रहरीले बताएको छ ।
यता उक्त एटिएम ह्याक गर्ने व्यक्तिलाई पक्राउ समेत गरेको लहान प्रहरीले आर्थिक न्युजडकमलाई जानकारी दिएको छ । यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो ।
बैंकबाट करिब ३ करोड रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्सफर भएको प्ररम्भिक सूचना आएको प्रहरीले बताएको छ। खाताबाट रकम आफ्नो खातामा ट्रान्सफर गरेर रकम झिक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।