रियल मड्रिडले सेभियालाई १–० ले हरायो

काठमाण्डु टुडे २०७६ असोज ६ गते ११:५६ मा प्रकाशित

काठमाण्डु,६असोज–स्पेनिस ला लिगामा रियल मड्रिडले सेभियालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा रियलले सेभियामाथि कठिन जित हात पार्यो
सेभियाको मैदानमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । त्यसो त उसले मौकाहरुको सिर्जना गरे पनि गोल भने गर्न सकेन । दोस्रो हाफमा भने रियलले खेलमा अग्रता बनायो ।
उसका लागि करिम बेन्जिमाले गोल गरे । कारभाजेलको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us