रियलविरुद्ध पीएसजीको सहज जित

काठमाण्डु टुडे २०७६ असोज २ गते ११:३१ मा प्रकाशित


एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित दर्ता गरेको छ ।
घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जीतमा एन्जल डी मारियाको दुई गोल गरेका थिए ।

घरेलु टोली पीएसजी तीन मुख्य फरवार्ड विना नै मैदान उत्रिएको थियो । निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा थिएनन् ।
मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई निकै सहज बनाए । अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरेका थिए । पीएसजीको जितले रियल प्रशिक्षक जिनेदिन जिदानमाथि ठुलो दबाब थपिएको छ ।
मारियाले १४ औ मिनेटमा पीएसजीलाई सूरुवाती अग्रता दिलाए । ३३ औ मिनेटमा डि बक्स बाहिरबाट दोस्रो गोल गर्दै उनले घरेलु टोलीलाई सुरुमै २–० को अग्रता दिलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us