लोकसेवा आयोगले ठुलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुलाउने

काठमाण्डु टुडे २०७६ असोज २ गते ११:२४ मा प्रकाशित

काठमाण्डु , २ असोज —लोकसेवा आयोगले प्रशासन सेवातर्फ ७० सहसचिव र १ सय ५६ उपसचिवको पदपूर्ति प्रक्रिया थाल्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबार प्रशासनतर्फका सहसचिव र उपसचिवको विज्ञापन आह्वान गर्ने निर्णय गरेको हो ।
आयोगले सहसचिवको परीक्षा मंसिरको अन्तिम साताबाट सुरु भएर पुस अन्तिम सातासम्म सम्पन्न हुनेगरी कार्यतालिका बनाएको छ । त्यस्तै, उपसचिवतर्फको पुस अन्तिम सातादेखि सुरु भएर माघ अन्तिम सातामा सम्पन्न हुन कार्यतालिकामा उल्लेख छ । सहसचिव र उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएसँगै शाखा अधिकृत पदको विज्ञापन गरिने लोकसेवा आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us