
संखुवासभा, १ असोज– बिरामी बोकेको जिप संखुवासभाको धर्मदेवी नगरपालिका–८ अक्करे भीरबाट बुधबार बिहान अरुण नदीमा खस्दा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् ।
सदरमुकाम खाँदबारीबाट बिरामी लिएर धरान जाँदै गरेको को१ज ३७४९ नम्बरको बोलेरो जिप नदीमा खसेको हो । हराएकामध्ये एकै परिवारका तीन जना छन् । संखुवासभा–९ का संगम राईका ३ वर्षीय छोरा बिरामी भएपछि उनीहरु राति उनलाई लिएर धरान आउँदै थिए ।
प्रहरीका अनुसार पिजमा बिरामी छोरासहित संगम र उनकी श्रीमतीसहित ६ जना थिए । उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगे पनि नदीमा पानीको बहाब उच्च भएको र जिप पूरै डुबेकाले उद्धारकार्य प्रभावित भएको छ ।