लिभरपुलको अपराजित यात्रा कायमै

काठमाण्डु टुडे २०७६ भदौ २९ गते १२:०८ मा प्रकाशित


एजेन्सी–लिभरपुलका साडियो माने चम्किँदा इंगिलिश प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम राख्न सफल भएको छ ।
शनिबार भएको खेलमा न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो । लिभरपुलको जितमा साडियो मानेले २ गोल गरे । यस्तै मोहमद सलाहले एक गोल गरे ।
सुरुवातमै न्युकासल युनाइटेडले गोल गरी अग्रता लिएको थियो । खेलको सातौं मिनेटमा नै न्युकासलका जेट्रो विलिम्सले एक गरी अग्रता दिलाए । तर खेलको २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएर बराबरी गरे । त्यस्तै ४० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल २ –१ ले अग्रता लियो।
त्यसपछि दोस्रो हाफमा लिभरपुलले एक गोल गर्दै समग्रमा तीन गोलले अघि रह्यो । खेलको ७२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
जितसँगै लिभरपुलले शीर्ष स्थान कायम राखेको छ । भरपुलले ५ खेलबाट १५ अंक जोडेको छ । न्युकासलको पाँच खेलबाट ४ अंक रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us