जीवनराम श्रेष्ठले फेरि जिते ओलम्किप कमिटी अध्यक्ष

काठमाण्डु टुडे २०७६ भदौ २८ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोश्रो कार्यकालका लागि पुनः सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा उनले उमेशलाल श्रेष्ठलाई ७ मतले पराजित गरे । जीवनरामले १७ र पूर्वउपाध्यक्षसमेत रहेका उमेशलालले १० मत पाए । जीवनराम नेकपाका तर्फबाट काठमाण्डु–८ का निर्वाचित सांसद हुन् ।  यस्तै समितिको उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भए ।

महासचिवमा जीवनराम प्यानलबाट निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन् । उनले १५ मत ल्याए ।  । उनका प्रतिद्वान्द्वी पुरेन्द्रविक्रम लाखेले १२ मत पाए ।  उपाध्यक्ष पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन टण्डन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसा थापा र रामजी श्रेष्ठ निर्वाचित भएका छन् ।  सदस्यमा रमेश सिवाकोटी, राम अवाले, प्रकाशशम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होमबहादुर दोङ र दीर्घबहादुर केसी निर्वाचित भए ।

यसअघि २० भदौमा हुनुपर्ने निर्वाचन जीवनराम श्रेष्ठको टीम अवैध भन्दै अन्तिम आदेशको माग गरी सर्वोच्चमा रिट दायर भएपछि शनिबारका लागि सरेको हो । रिटमाथि सर्वोच्चले २२ भदौमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us