
काठमाण्डु,२७भदौ–नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार अपराह्न काठमाण्डु आइपुगेकी छिन् । आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनी नेपाल आएकी हुन् ।
बिहीबार दिउँसो सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो । एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको विश्रामपछि सन्नी पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केही स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।