
काठमाण्डु , २५ भदौ — यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनु नै आफूहरुका लागि दुर्भाग्य बनेको बताए । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।नेपाली घरेलु टोली श्रीलंकासँग ५ तथा बंगलदेशसँग ६ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो ।नेपालले अन्तिम खेलमा भने यूएईमाथि १६० रनको फराकिलो जित निकालेको थियो ।
नेपाली टोलीको स्वागतका लागि कोही पनि विमानस्थल पुगेका थिएनन् ।