कंगनाले गरिन् अक्षय कुमारको यस्तो तारिफ

काठमाण्डु टुडे २०७६ भदौ २५ गते ११:४८ मा प्रकाशित

एजेन्सी — भारतीय फिल्म क्षेत्रकी चिरपरिचित अभिनेत्री तथा सामाजिक परिर्वतनका विविध विषयमा बोल्दै चर्चामा आउने कंगना रनौतले मिसन मंगलम फिल्मका कालाकार अक्षय कुमारको खुलेरै प्रशंसा गरेकी छिन् ।

कंगनाले कावेरी कलिङ अभियानको एक कार्यक्रममा अक्षय कुमारको बारेमा विस्तारमा कुराकानी गरेकी छिन् । उनलाई ८० प्रतिशत पुरुष महिलाको विषयलाई कसरी हेर्छन् भन्ने प्रश्नको जवाफमा भनेकी छिन्, ‘अशिक्षित पुरुषहरु फिल्मलाई ‘कामुकता’ को रुपमा हेर्छन् । त्यसैले महिला सशक्तीकरण सम्बन्धित फिल्मलाई विविध समस्या झेल्नुपर्छ ।’

भर्खरै अक्षय कुमार यसै सन्दर्भमा आलोचित बनेका थिए । उनको फिल्ममा भूमिका एकदमै कम र फिल्म महिलासँग सम्बन्धित थियो तर फिल्मको पोस्टरमा अक्षयको अनुहार एकदमै ठूलो र अरु महिला कलाकारको तस्बिर एकदमै स–साना थिए ।
तर, कंगनाले अक्षयलाई बचाउ गर्दै महिला–केन्द्रित फिल्मलाई अगाडि बढाउनुमा अक्षयको भूमिका रहेको बताइन् । उनले भनिन्, ‘मिशन मंगल वास्तवमै महिला वैज्ञानिक फिल्म हो । यो उपलब्धी हो । तर अक्षयलाई यसको श्रेय जान्छ किनकी कमसेकम उनले यस्ता फिल्मलाई अगाडि बढाउँन त मद्दत गरिरहेका छन् । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us