नेपाल उज्वेकिस्तानसँग २–० पराजित

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १४:३५ मा प्रकाशित

काठमाण्डु , २३ भदौ — सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । नादेज्दा कप फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग २–० पराजित भएको हो ।
कीर्गिस्तानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा नेपाली टिमले केहि दबाव दिएको थियो । जसमा नेपालले दुई वटा सुन्दर गोलको अवसरलाई गुमायो । २४ औं मिनेटमा सावित्रा भण्डारीले पाएको मौका खेर फालिन भने ३१ औ मिनेटमा पनि उनको प्रहारलाई गोलकिपर ले बचाइन् ।
तर उज्वेकिस्तानले खेलको ३४ औँ मिनेटमा सुरुवाती अग्रता बनायो । त्यसपश्चात उज्वेकिस्तानले खेलको ५० औँ मिनेटमा दोस्रो गोल गर्न सफल भयो र नेपालमाथि २-०को अग्रता कायम गर्न सफल भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us