एयरपोर्टमा रजनीकांतको छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १४:३० मा प्रकाशित

एजेन्सी —साउथ फिल्मका सुपर स्टार रजनीकांतको छोरी सौंदर्या र ज्वाइ विशगन वनांगमुडीको पार्सपोट र पैसा चोरी भएको छ ।

यो मामिलामा एयरलाइसको निन्दा गर्दै रजनीकांतको छोरी सौंदया ट्ववीट गरेकी छिन् ‘हाम्रो सामान सेप्टेम्बर १, २०१९ हिथ्रो एयरपोर्टबाट चोरी भएको छ । त्यस समय हामी आफ्नो कार कुरिरहेका थियौं । हामीले तुरुन्त पुलिसलाई खबर गर्यौ अघिल्लो दिन थाहा भयो कि एमिरेट्स चफर लांउजमा सिसिटिभि खराब भएको थियो यस्तो अरु कसैलाई नपरोस ‘।

पार्सपोट चोरी भएपछि सौंदर्या र विषगणले लण्डन स्थित भारतिय दुतावासमा सम्र्पक गरे । त्यसपछि त्यहाँ उपस्थितलाई थाहा भयो कि यी दुई रजनीकांतका छोरी ज्वाई हुन् । यो थाहा भएपछि उनीहरुलाई नक्कली र्पासपोट दिइएको थियो । यी दुवैलाई अहिले सम्म थाहा छैन आफ्नो सामान कहाँबाट हराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us