काठमाण्डु,२२भदौ–नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपाल आयोजन किर्गीस्तानसँग ८–२को फराकिलो अन्तरले विजयी भएको छ ।
खेलको पहिलो हाफमै ६–२को अग्रता बनाएको नेपालले दास्रो हाफमा थप २ गोल गर्न सफल बन्यो ।
खेलमा फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक सहित ४ गोल गरिन ।
खेलमा अनिता बस्नेतले २ र दिपा राइले १ गोल गरिन भने कप्तान निरु थापाले पनि एक गोल गर्न सफल भइन् ।
यो खेलसँगै नेपालले ३ अं बटुलेको छ ।