नेपालको लज्जास्पद हार

काठमाण्डु टुडे २०७६ भदौ २० गते ११:२० मा प्रकाशित

काठमाण्डु,२०भदौकतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको लज्जास्पद हार व्यहोरेको हो ।
जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह अल्मुतारी र फहाद अल्हाजेरी, बदेर अल अल्मुट्वा, रिधा अबुजा बरा र हुसेन अल मोसाविले एक एक गोल गरे ।
बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो ।
कुवेतसँगको हारसँगै समूह ‘बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ ।
यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ । जोर्डनले चाईनिज ताईपेलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us