अर्जेन्टिना र चिलीको खेल गोल रहित बराबरीमा

काठमाण्डु टुडे २०७६ भदौ २० गते ११:०२ मा प्रकाशित

काठमाण्डु , २०भदौ —हिजो भएको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र चिलीको गोल रहित बराबरी खेल सकिएको छ ।

अमेरिकाको क्यालिफार्नियामा भएको खेलमा अर्जेन्टिनाले चिलीसँग गोलरहित बराबरी खेल्यो । अघिल्लो खेलमा रातोकार्ड पाए पछि सस्पेन्सनमा रहेका स्टार खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाका पउलो डिबाला पनि चाँडै सब्च्यिुट भएका थिए ।तर खेल निकै प्रतिस्पर्धात्मक रहेको रह्यो । खेलमा अर्जेन्टिनाले केहि दबाव बनाए पनि गोलका लागि भने दुबैले खासै राम्रो मौका सिर्जना गर्न सकेनन् ।

पुरै खेलमा अर्जेन्टिना र चिलीले एक–एक वटा प्रहार पोष्टमा पारेका थिए । तर दुवैका लागि गोलकिपर बाधक बने । खेलको अन्तिममा अर्जेन्टिनाले एउटा राम्रो गोलको अवसर पाए पनि सफल हुन सकेन र बराबरीमा रोकियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us