प्रवास र श्रद्धाको साहोले बक्स अफिसमा नयाँ रेर्कड बनायो

काठमाण्डु टुडे २०७६ भदौ १५ गते १५:१८ मा प्रकाशित

एजेन्सी —प्रभास र श्रद्धा कपुरको फिल्म साहोको हिन्दी संस्करणले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

२४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले शनिबार २३ करोड भारु कमाई गरेको छ । फिल्मको हिन्दी संस्करणले दुई दिनमा ४७ करोड भारुको कलेक्सन गरेको छ ।

यस्तै, यसको सबै संस्करणको कुरा गर्ने हो भने फिल्मले शनिबार मात्रै ५०–५५ करोड भारुको कमाई गरेको छ । यससँगै, साहोले देशभरी दुई दिनभित्रै १४० करोडको कलेक्सन गरेको छ ।
प्रभास र श्रद्धा कपुर स्टार साहोका लागि दर्शक पनि त्यत्तिकै क्रेजी देखिएका छन् । यद्यपि, साहो फिल्म समीक्षकहरुको आशामा खरो उत्रन सकेको छैन । तर कमाई र प्रदर्शनको कुरा गर्ने हो भने यो फिल्म साउथको तेस्रो यस्तो डब गरिएको फिल्म हो जसले हिन्दी मार्केटमा सबभन्दा धेरै कमाईको रेकर्ड बनाएको छ ।

यसअघि प्रभासले ‘बाहुबली’ मार्फत् अत्यधिक चर्चा बटुलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us