इंग्लिस प्रिमियर लिगको शनिबार राती ८ खेल : पहिलो खेल म्यान्चेष्टर युनाइटेड र साउथह्याम्टन बिच

काठमाण्डु टुडे २०७६ भदौ १४ गते १४:५१ मा प्रकाशित

एजेन्सी —इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछन् ।

नेपाली समय अनुसार सवा पाँच बजे सुरु हुने पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्दैछ । म्यान्चेष्टर युनाइटेडले तीन खेलमध्ये एउटामा जित, एउटामा बराबर र एउटामा हार बेहोरेको छ । साउथह्याम्टनले भने दुई खेलमा हार र एउटामा जित निकालेको छ । यी दुईको खेल साउथह्याम्टनको मैदानमा हुनेछ ।

साँझ पौने आठ बजे ६ ओटा खेल हुँदैछन् । चेल्सीले स्ट्याम्फर्ड ब्रिजमा शेफिल्ड युनाइटेडसँग खेल्दैछ भने क्रिष्टल प्यालेसले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ । यस्तै लेस्टर सिटीको मैदानमा एएफसी बर्नमाउथ र म्यान्चेष्टर सिटीले ब्राइटन एण्ड होभ अल्वियनसँग खेल्दैछ ।

न्युकासल युनाइटेड वाट्फोर्डसँग र वेष्टह्याम युनाइटेडले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दा राति सवा १० बजे लिभरपुलले बर्नले एफसीको मैदानमा खेल्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us