काठमाण्डु ,१४ भदौ — शुक्रबार देखि प्रर्दशनमा आएको ‘साहो’ रिलिज भएको केहि घण्टामै लिक भएको छ ।
करिब ३५० कराेड भारु मा निर्माण भएको ‘टोरेन्ट साइड तमिल रकर्स’ले रिलिज भएकै दिन इन्टरनेटमा लिक गरेको हो । पहिले देखि नै सिनेमा लिक गर्दै आएको उत्त साइटलाई भारत सरकारले प्रतिबन्ध गरेको भएपनि प्रोक्सी लिंकबाट सिनेमा डाउनलोट हुने गरेकाे पाइएको हो । यसरी रिलिज भएकै दिन सिनेमा इन्टरनेटमा बाहिरीए पछि करोडौंको घाटा व्यहोर्नु परेको दुःख निमार्ण टिमले व्यक्त गरेको छ ।
प्रभासको मुख्य भुमिका रहेको उत्त सिनेमालाई सुजिथले निर्माण गरेका हुन् भने श्रद्धा कपुर ,ज्याकी श्राफ चकीं पाडे नितिन मुकेश मन्दिरा बेदी तथा महेश मांझरेकरको अभिनय रहेको छ ।
यस सिनमा लाई एकै साथ हिन्दी र तेलेगु गरी २ वटा भाषामा छायाँकन गरिएको थियो ।