इतिहासकै उच्च सुनको मुल्य

काठमाण्डु टुडे २०७६ भदौ ९ गते ११:४७ मा प्रकाशित

काठमाण्डु , ९ भदौ — साताको दोस्रो दिन पनि सुनको मुल्य १ हजारले वृद्धि भएको छ ।

आइतबार ७२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन सोमबार १ हजारले बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसाही महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७३ हजार २ सयमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि बढेर प्रतितोला ८ सय ६० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us