हिन्दु नारीहरुको महान चाँँड हरितालीका तिज नजिकिदै गर्दा सुनले बनाएको उच्च रेकर्ड : ताेलामा १ हजार २ सयले बढ्यो

काठमाण्डु टुडे २०७६ भदौ ८ गते १२:०१ मा प्रकाशित

काठमाण्डु , ८ भदौ— साताको पहिलो दिनमै सुन १ हजार २ सयले र चाँँदी रु २० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला सुन ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज १ हजार २ सयले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैंयामा कारोेबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै , तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैंयामा कारोबार भइरहेकोे छ ।

चाँदी आज २० रुपैयालले बढेर प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भइरहेकोे महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us